जर्मनी भिसा प्रकरण: परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
aarthiknews.com

काठमाडौं । राहदानी ऐनअन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनीविरुद्ध यसअघि नै काठमाडौं जिल्ला अदालतमा अभियोग दायर भइसकेको अवस्थामा शुक्रबार काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरी कानुनी कारबाहीका लागि अदालतमा पेश गरिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार यो प्रकरणको अनुसन्धान जर्मनी जाने भिसा प्रयोजनका लागि प्रयोग गरिएका यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) सम्बन्धी घटनाबाट सुरु भएको थियो। काठमाडौंस्थित जर्मन राजदूतावासमा यात्रा अनुमति पत्रसहित उपस्थित भएका केही व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि राजदूतावासले आवश्यक सोधपुछ गरेको थियो। त्यसपछि २०६८ जेठ २० गते पाँच थान सक्कल यात्रा अनुमति पत्र अनुसन्धान तथा कारबाहीका लागि सीआईबीमा पठाएको थियो।
Read full story at source (aarthiknews.com)