प्रभु बैंकको खण्डन: बैंकिङ प्रक्रियालाई गलत व्याख्या नगर्न आग्रह
clickmandu.com · Mon Aug 03 14:45:17 GMT 2026

काठमाडौं । प्रभु बैंकले पछिल्लो समय केही सञ्चारमाध्यममा बैंक, सञ्चालक र पदाधिकारीहरूका विरुद्ध प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरूलाई ‘भ्रामक, एकपक्षीय र आधारहीन’ भन्दै पूर्ण रूपमा खण्डन गरेको छ ।
बैंकका अनुसार, संस्थागत प्रतिष्ठा र पदाधिकारीहरूको व्यक्तिगत मान-मर्यादामा आँच पुऱ्याउने उद्देश्यले तथ्यहीन विवरणहरू सार्वजनिक गरिएका छन् । कर्मचारी सरुवा, कार्य जिम्मेवारी बाँडफाँट, कर्जा असुली प्रक्रिया र धितो लिलामी जस्ता बैंकले नियमित प्रशासनिक र व्यावसायिक प्रक्रियालाई गलत ढंगले व्याख्या गरिएको दाबी गरेको छ ।
Read full story at source (clickmandu.com)