अविरल वर्षाका कारण नौ सडकखण्ड अवरुद्ध
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका नौ ओटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार सोमबार साँझ ५ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, ताप्लेजुङ, लमजुङ लगायतका जिल्लाका सडकखण्ड प्रभावित भएका हुन् ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ ।
Read full story at source (hamrakura.com)