धनुषास्थित सीमा नाकाबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
shilapatra.com · Mon Aug 03 14:27:00 GMT 2026

भारतको बिहार राज्यसँग सीमा जोडिएका धनुषाका विभिन्न सीमा नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ । धनुषा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार अब सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ । सुरक्षा निकायले परिचयपत्रका आधारमा अभिलेख राखेपछि मात्र नेपाल प्रवेशको अनुमति दिने व्यवस्था लागू गरिने जनाएको छ ।
Read full story at source (shilapatra.com)