कपिलवस्तुमा तीनजना सवार मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु, एक गम्भीर घाइते
baahrakhari.com · Mon Aug 03 15:31:20 GMT 2026

काठमाडौं । कपिलवस्तुमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–६, गोवरीका २५ वर्षीय मुरेली यादव छन् ।
कपिलवस्तु नगरपालिका–६, सिद्धिपुरस्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनलाई जिल्ला अस्पताल कपिलवस्तु लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Read full story at source (baahrakhari.com)