सीमा विवादमा स्थापित अडान : डिजिटल साझेदारीमा नयाँ फड्को
annapurnapost.com · Mon Jun 08 01:48:17 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालको तीनदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातिर नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल प्रणाली, ऊर्जा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयास गरेको छ।
शनिबार नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको औपचारिक भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक साझेदारी विस्तार गर्ने तथा नयाँ प्रविधिमा आधारित सहकार्य अघि बढाउने विषयमा छलफल गरेका थिए। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–भारत सम्बन्धलाई ‘विशेष र अद्वितीय सम्बन्ध’ भन्दै अहिले दुई देशसँगको सम्बन्धलाई निर्णायक रूपमा सकारात्मक दिशामा अघि बढाउने अवसर रहेको बताएका छन्।
Read full story at source (annapurnapost.com)