नागरिकको सुरक्षा सर्वोच्च दायित्व
gorkhapatraonline.com · Mon Aug 31 01:12:35 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व रहेको बताउँदै यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले भन्नुभएको छ, “हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुने छौँ । नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ । प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा पुनस्र्थापनाको पूर्ण नतिजा नआएसम्म काम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्छु ।”
हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौँ । आफ्ना नागरिक सङ्कटमा परेको यस दुःखद घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ । आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठुलो अन्य केही हुन नसक्ने उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)