२३ लाख बढीका भन्सार छलीका सामान बरामद
ratopati.com · Mon Aug 03 17:37:12 GMT 2026

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण मुख्यालय पर्साले भन्सार छली गरी ओसारपसार हुँदै गरेका रु २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान बरामद गरेको छ ।
मुख्यालयले जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको विशेष जाँच तथा गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा भन्सार छली गरी ओसारपसार हुँदै गरेका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नं १३ गण मुख्यालयका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
Read full story at source (ratopati.com)