बाँकी स्थानीय तहको बजेट असार मसान्तभित्रै ल्याउने तयारी
gorkhapatraonline.com · Fri Jun 26 01:02:55 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५३ स्थानीय तहमध्ये असार १० गते गाउँ र नगर सभामा बजेट पेस नगरेका २९ वटै स्थानीय तहले असार मसान्तभित्रै बजेट सभामा पेस गरी पारित गर्ने तयारी गरेका छन् ।
स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेस गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्तभित्रै बजेट सभामा पेस गरी पारित गर्ने तयारी गरेका हुन् । असार १० गतेभित्र बजेट पेस गर्न नसकेपछि असार मसान्तभित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार १० गतेभित्र गाउँ र नगर सभामा बजेट पेस गर्ने र असार मसान्तचित्र पारित गर्नुपर्ने व्यवस्था गरेको छ । असार १० गतेभित्र सभामा बजेट पेस नगर्ने स्थानीय तहमा २९३ नगरपालिकामध्ये १५ वटा र ४६० वटा गाउँपालिकामामध्ये १४ वटाले सभामा बजेट पेस गर्न नसकेका गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।
Read full story at source (gorkhapatraonline.com)