त्रिभुवन राजपथमार्फत इन्धन आपूर्ति
gorkhapatraonline.com · Mon Aug 31 01:19:07 GMT 2026

नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा बाढीले सडक भत्काएपछि काठमाडौँ उपत्यका जोड्ने सडक अवरुद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर आपूर्ति व्यवस्था सहज बनाउन लागेको हो ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थ ल्याउने हुँदा बजारमा अभाव नहुने जानकारी दिनुभयो । इन्धन ल्याउन त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ रहेका छन् । यस मार्गबाट ट्याङ्कर आउने छन् । ग्यासका सिलिन्डर भने साना सवारीसाधनमा पनि आउने हुँदा अरू सडक प्रयोग गरिने छ । जाम काम हुने अन्य बाटोसमेत प्रयोग गरेर इन्धनको आपूर्ति जतिसक्दो सहज गरिने उहाँको भनाइ छ । उहाँले भन्नभयो, “ग्यासका धेरै जसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउँछौँ ।”
Read full story at source (gorkhapatraonline.com)