प्रधानमन्त्री बालिन शाह लेख्छन्,' विगत ५ दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयवि'दारक प्राकृतिक वि'पद्को सामना
barnanmedia.com · Mon Aug 31 01:12:59 GMT 2026

गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भी'षण बा'ढीले पुर्याएको जनधन तथा भौतिक क्ष'तिको पूर्ण विवरण संकलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ। प्रतिकूल मौसम, ज टिल भूगोल र लगातारको जो:खिमका कारण यो काम चुनौतीपूर्ण भएपनि हामी दृढताका साथ नागरिकको जीवन रक्षाका लागि अघि बढिरहेका छौं।
आफ्ना प्रियजन, घरबार र जायजेथा गु'माउँदाको पी'डाभन्दा ठूलो अन्य केही हुन सक्दैन। आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ। हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौं। नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौं।
Read full story at source (barnanmedia.com)