नेपालका विवेक थिङको उत्कृष्ट सफलता: बुढापेष्टमा चेस प्रतियोगितामा दोश्रो स्थान
neplays.com
हंगेरीको बुढापेष्टमा जारी ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडी विवेक थिङले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान प्राप्त गरेका छन्।
विवेकले अन्तिम चरणको खेलमा हंगेरीका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गर्दै ९ चरणको प्रतियोगिताबाट ८ अंक प्राप्त गरेका हुन्। उनले ३ सय युरोको पुरस्कार पनि जिते। यस प्रतियोगितामा अमेरिका, जर्मनी, डेनमार्क, हंगरी, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटाली लगायतका २८ अन्तर्राष्ट्रिय खेलाडीहरूले भाग लिएका थिए।
Read full story at source (neplays.com)