भेनेजुएलालाई चीनको सहायता
barnanmedia.com · Mon Jun 29 11:55:27 GMT 2026

शक्तिशाली भूकम्पबाट ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ । दुईवटा शक्तिशाली भूकम्पका कारण एक हजार ४५० भन्दा बढी मानिसको ज्यान गएपछि बेइजिङले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा चीन सरकारले भेनेजुएलालाई निःशुल्क आपतकालीन राहत सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सहायता भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य तथा पुनर्निर्माण अभियानलाई सहयोग गर्न प्रयोग गरिनेछ ।
Read full story at source (barnanmedia.com)