बाढी प्रभावितलाई इप्पानले ५ करोड ५ लाखभन्दा बढी सहयोग गर्ने
clickmandu.com · Thu Aug 27 14:33:22 GMT 2026

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ठूलो आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको भदौ ११ गते बसेको आकस्मिक बैठकले बाढी प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ लगायतका जिल्लामा धेरै मानिसले ज्यान गुमाएका छन् । इप्पानले बाढीमा परी ज्यान गुमाउने नागरिक, कर्मचारी र मजदुरहरूप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
Read full story at source (clickmandu.com)