होर्मुजमा फेरि तनाव : अमेरिकी हमलापछि इरानको जवाफी मिसाइल प्रहार, तेलको मूल्य बढ्यो
nagariknews.nagariknetwork.com · Mon Aug 31 01:36:22 GMT 2026

अमेरिकाले एक महिनापछि पहिलो पटक होर्मुजको जलमार्गमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई निशाना बनाएपछि अमेरिका र इरानबिचको तनाव फेरि चर्किएको छ।
सोमबार बहिान भएको अमेरिकी हमलापछि इरानले जवाफी कारबाहीस्वरूप जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरेर मिसाइल प्रहार गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी) का सैनिकहरूले होर्मुजको जलमार्गमा समुद्री खानी राख्न सक्ने रकेट प्रहारको तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो। अमेरिकाले गत साता जलमार्गको अन्तर्राष्ट्रिय जहाज आवतजावत गर्ने क्षेत्रमा रहेका समुद्री खानी हटाउने काम पूरा गरेको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)