वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित
rajdhanidaily.com · Mon Jun 08 02:29:41 GMT 2026

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका हुन् । मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गरे भने भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१ मतसहित विजयी भएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्षमा अनिल बोगटीले ३१५, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेलले २५९, महासचिवमा हरि डाँगीले २७३, सचिवमा केदारनाथ अधिकारीले २९४ तथा कोषाध्यक्षमा धनमाया सिन्जालीले ३२३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।
Read full story at source (rajdhanidaily.com)