विपत्तिमा मानवीय संवेदना
gorkhapatraonline.com · Mon Aug 31 01:52:12 GMT 2026

प्राचीन संस्कृत साहित्यको लोकप्रिय नीतिशास्त्र पञ्चतन्त्रमा अति नीच र स्वार्थी मानिसको प्रवृत्तिका बारेमा चित्रण गरिएको एउटा प्रसङ्ग यतिबेला भोटेकोशीमा आएको बाढीले बगाएर नारायणी नदी क्षेत्रमा पुर्याएको महिलाको शवबाट एक जना पुरुषले सुनका गहना लुछ्दै गरेको दृश्यसँग मिल्दोजुल्दो छ । पञ्चतन्त्रको कथामा भनिएको छ, “जसरी भोको कुकुरले कुनै मरेको जीवको मासु नभएको, केवल बोसो र हड्डी मात्र भएको तुच्छ वस्तु पाउँदा पनि त्यसैमा रमाउँछ, त्यसै गरी नीच मानिसले पनि अरूको विनाश वा तुच्छ कुराबाटै आफ्नो स्वार्थ पूरा गर्न खोज्छ ।”
विसं २०८३ बिहान ९ बजेतिर एक्कासि आएको बाढीले बगाएको महिलाको शवको कपाल समातेर कानबाट एक जना व्यक्तिले सुनको गहना लुछेको दृश्य बिहीबार सामाजिक सञ्जालमा भाइरल भयो । जुन भिडियो जस्तो सुकै कठोर हृदय भएकालाई पनि स्तब्ध बनाउने खालको थियो । सामाजिक सञ्जालको यस्तो कारुणिक दृश्य हेर्दा आँखा नरसाउने सायदै भए होलान् । महाविपत्तिका कारण सिङ्गो देश शोकमा डुबेको थियो । त्यस्तो बेला आफन्तजनको बेखबर भएका परिवारजनलाई नदीबाट शव निकालेर मानवीय सहायता गर्नुपर्नेमा नीतिशास्त्रमा उल्लेख गरिए जस्तो तुच्छ वस्तुमा रमाएका व्यक्तिबारे सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी सुरु भयो । सोही भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले पोखरा बसपार्क क्षेत्रबाट नवलपरासी त्रिवेणीका २५ वर्षीय मदन गुरुङ र सुनसरी चन्दबेलाका ३८ वर्षीय उमेश चौधरीलाई नियन्त्रणमा लिएको छ ।
Read full story at source (gorkhapatraonline.com)