नेपाल फाइनलमा फेरि स्तब्ध
gorkhapatraonline.com · Mon Sep 19 16:59:36 GMT 2022
काठमाडौं, असोज ३ गते । हरेक संस्करणमा साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि चुम्ने धोको राखेको नेपाल यसपटक पनि स्तब्ध बनेको छ । दशरथ रंगशालामा सोमबार साँझ करिव १६ हजार दर्शकको साथमा फाइनल खेलेको नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । नेपालको तुलनामा चुस्त खेल प्रदर्शन गरेको बंगलादेशले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको गियो ।
यता पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको नेपालले एक गोल फर्काएपनि जितको लय समाउन सकेन । साफले छैटौं संस्करण पूरा गर्दा पाँच पटक फाइनलमा पुगेको नेपाल फेरि उपविजेतामै खुम्चियो । नेपाल यसअघि सन् २००१६ मा फाइनल पुग्नबाट चुकेको थियो ।
Read full story at source (gorkhapatraonline.com)