तीन हजार बढी लागूऔषध कारोबारी पक्राउ, कुन प्रदेशबाट कति ?
bishowkhabar.com · Tue Aug 04 02:27:49 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले तीन हजार ३१६ जना लागूऔषध कारोबारी पक्राउ गरेको छ । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट ती व्यक्तिहरू पक्राउ परेका हुन् ।
जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् ।
Read full story at source (bishowkhabar.com)