गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा
ratopati.com · Tue Aug 04 03:11:01 GMT 2026

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११के.भी.सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ। लामो समयदेखि स्थानीय अवरोध तथा राइट अफ वे सम्बन्धी समस्याका कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना, बाट एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त आयोजना सञ्चालन गरिएको हो।
Read full story at source (ratopati.com)