भीषण गर्मीबाट बच्न कुकुरको सुप खान सिफारिस
nagariknews.nagariknetwork.com · Tue Aug 04 03:10:47 GMT 2026

उत्तर कोरियाको राज्य मिडियाले भीषण गर्मीबाट बच्न कुकुरको मासुको सुप खान सिफारिस गरेको छ। यसले कोरियाली प्रायद्वीपमा रेकर्ड तोड्ने गर्मीसँगै प्योङयाङ सरकारले लामो समयदेखि प्रवर्द्धन गर्दै आएको विवादास्पद परिकारलाई फेरि जोड दिएको छ।
सत्तारूढ वर्कर्स पार्टीको अखबार ‘रोडोङ सिनमुन’ले हालै गर्मीको लहर सामना गर्ने सुझाव र स्वास्थ्य सल्लाह प्रकाशित गरेको थियो। प्योङयाङ जनरल अस्पतालका एक वरिष्ठ डाक्टरसँगको अन्तर्वार्तामा अखबारले हृदय रोग, मधुमेह र हाइपरथाइराइडिज्म जस्ता समस्या अत्यधिक गर्मीले बिग्रन सक्ने चेतावनी दिएको छ। अखबारले खरबुजा, मुग र काँक्रो जस्ता चिसो खानेकुराका साथै कुकुरको मासुको सुप, माछाको जाउलो र रातो सिमीको जाउलोलगायत पौष्टिक खाना खान सुझाव दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)