राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै, सुरुङ्गमार्ग र कर्णाली प्रतिवेदनमाथि छलफल हुने
nepalviews.com · Mon Jun 08 03:09:08 GMT 2026

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गतका दुई महत्त्वपूर्ण विषयगत समितिको बैठक आज बस्दैछ। बैठकमा 'संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति' र 'सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति' ले आ–आफ्ना कार्यसूचीमाथि केन्द्रित रहेर छलफल गर्नेछन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे समितिकै बैठक कक्षमा बस्ने तय भएको छ। उक्त बैठकमा समितिले कर्णाली प्रदेशमा सञ्चालन गरेको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल गर्ने मुख्य कार्यसूची तय गरेको छ। अनुगमनका क्रममा पाइएका सवल र दुर्बल पक्ष तथा प्रदेश सरकारको सबलीकरणका सवालमा प्रतिवेदनमाथि सदस्यहरूबीच विचार विमर्श हुनेछ।
Read full story at source (nepalviews.com)