बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १२ लाख रुपियाँ सहयोग
gorkhapatraonline.com · Mon Aug 31 02:23:13 GMT 2026

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले करिब १२ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशको पहलमा सञ्चालित सहयोग अभियानबाट ११ लाख ७९ हजार रुपियाँभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ ।
विपद्मा परेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा मधेश प्रदेशमा आबद्ध होटल व्यवसायी तथा विभिन्न होटल संघको सहभागिता रहेको थियो । अभियानअन्तर्गत पर्साको भिस्वा होटलले पाँच लाख रुपियाँ सहयोग गरेको छ। लालगढको गौतम होटलले एक लाख ५१ हजार, सर्लाहीको नमस्ते होटलले एक लाख ११ हजार १११, धनुषाको होटल हंसराजले एक लाख १० हजार तथा महोत्तरी होटल संघ र सर्लाहीको सुजाता होटलले एक–एक लाख रुपियाँ सहयोग गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)