पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका
khabarhub.com · Tue Aug 04 06:04:24 GMT 2026

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा सवारीसाधनको लाम लाग्न थाल्छ । साँझ कार्यालय बन्द भएपछि त्यही दृश्य झन जटिल बन्छ । केही किलोमिटर दूरी पार गर्न घण्टौँ लाग्ने अवस्था राजधानीका बासिन्दाका लागि नौलो विषय रहेन । सडक विस्तार, फ्लाइओभर, नयाँ चक्रपथ तथा वैकल्पिक सडक निर्माणका प्रयास भइरहे पनि बढ्दो सवारी चापका कारण ट्राफिक जाम, वायु प्रदूषण र यात्रामा हुने ढिलाइ दीर्घकालीन चुनौतीका रूपमा देखिएका छन् ।
काठमाडौँ मात्र होइन, पोखरा, भरतपुर, बुटवल, विराटनगर, नेपालगञ्जलगायत प्रमुख सहरमा पनि तीव्र सहरीकरणसँगै सार्वजनिक यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यही परिस्थितिमा विश्वका विभिन्न मुलुकले प्रयोग र परीक्षण गरिरहेका आधुनिक विद्युतीय सार्वजनिक यातायात प्रणालीमध्ये ‘पोडवे’ वा पर्सनल र्यापिड ट्रान्जिट (पीआटी)’ नेपालका लागि सम्भावित विकल्पका रूपमा चर्चा हुन थालेको छ ।
Read full story at source (khabarhub.com)