इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
ratopati.com · Mon Jun 29 13:00:25 GMT 2026

काठमाडाैँ । इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ। टर्कीको निकट सहयोगी अजरबैजानले यो निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ।
अजरबैजानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको निर्णयलाई गम्भीर चिन्ताको विषय भन्दै यसले विद्यमान विभाजनलाई अझ गहिरो बनाउन सक्ने उल्लेख गरेको छ। मन्त्रालयले इजरायली सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
Read full story at source (ratopati.com)