एनएमबि बैंकको नाफामा ४०.६० प्रतिशतको वृद्धि, खुद नाफा ४ अर्ब नाघ्यो
kendrabindu.com · Tue Aug 04 06:24:18 GMT 2026

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय वित्तीय सुधार हासिल गरेको जनाएको छ। बैंकले समीक्षा अवधिमा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६० प्रतिशतले बढी हो।
बैंकको आम्दानीका प्रमुख स्रोतहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले विस्तार हुँदै ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिसनबाट प्राप्त आम्दानी २ अर्ब ५९ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यही शीर्षकअन्तर्गत बैंकले २ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको थियो।
Read full story at source (kendrabindu.com)