बाढीमा फसेका तीन हजारको उद्धार
lokaantar.com

भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गएरातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेशी दुईसय ५३ जना छन् । पछिल्लो चौबिस घण्टामा ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए। 'बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो,' प्रजिअ रेग्मीले भने, 'उनीहरूको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।'
Read full story at source (lokaantar.com)