जंगलमा लुकाएर राखिएका तीन थान बन्दुक बरामद
annapurnapost.com · Mon Aug 31 02:25:02 GMT 2026

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–६, लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुकका साथै तिनमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।
वन क्षेत्रमा चोरी-शिकार हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आइतबार साँझ गस्ती गरेको थियो । सोही क्रममा जंगलको झाडीमा शंकास्पद अवस्थामा लुकाएर राखिएको एउटा बोरा फेला परेको प्रहरीले जनाएको छ ।
Read full story at source (annapurnapost.com)