मुख्यमन्त्री फेर्ने कसरतप्रति योगेशको प्रश्न – साट सुट र ठोक ठाकको भाषा किन ?
ratopati.com · Tue Aug 04 06:25:07 GMT 2026

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रदेश सरकार र मुख्यमन्त्रीहरूको फेरबदललाई लिएर आफ्नै पार्टी नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र हुने अपारदर्शी निर्णय र शक्ति प्रदर्शनको भाषाप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन्।
उपमहासचिव भट्टराईले विगतको नेकपा कालदेखि नै कर्णाली प्रदेशमा एमालेका सिनियर नेताहरू हुँदाहुँदै पनि माओवादीलाई मुख्यमन्त्री छोड्नुपरेको यथार्थ स्मरण गराएका छन्। कर्णालीमा पटक–पटक समीकरण बदलिँदा एमाले जहिल्यै ‘बहुमत पुर्याइदिने पार्टी’ मात्र बनेको तर नेतृत्व नपाएको उनले उल्लेख गरेका छन्।
Read full story at source (ratopati.com)