बाढीले घर बगायो, राहतको पर्खाइमा धादिङका पीडित
annapurnapost.com · Mon Aug 31 02:36:52 GMT 2026

धादिङ : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको असर धादिङसम्मै पुगेको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा सयौं परिवार विस्थापित भएका छन्। घरबार गुमाएका कतिपय परिवार सुरक्षित बासको खोजीमा छन् भने कतिपय खुला आकाशमुनि रात बिताउन बाध्य छन्।
उद्धार र राहतका गतिविधि रसुवा र नुवाकोटमा बढी केन्द्रित हुँदा धादिङका बाढीपीडित अपेक्षाकृत ओझेलमा परेको गुनासो गर्छन्। खानेकुरा, अस्थायी बसोबास तथा घर सफाइका लागि आवश्यक सामग्रीको अभावमा प्रभावित परिवारको दैनिकी कष्टकर बनेको छ।
Read full story at source (annapurnapost.com)