एउटा पनि जीवन जोगाउन ढिलो नगरौँ
baahrakhari.com · Mon Aug 31 02:53:59 GMT 2026

विपत्तिले जब कुनै देशलाई प्रहार गर्छ त्यसको क्षति भत्किएका घर, बगेका सडक र ध्वस्त संरचनामा मापनमात्र हुँदैन । वास्तविक क्षति त ती घरभित्र हुन्छ जहाँ कसैले आफ्नो परिवारको सदस्य गुमाएको छ र ती आँखामा हुन्छ जो अझै बेपत्ता प्रियजनको प्रतीक्षामा छन् र ती मनमा हुन्छ जहाँ आशा र त्रासबीच प्रत्येक क्षण बितिरहेको छ ।
आज नेपाल त्यही असह्य पीडामा छ । कसैका लागि विपत्तिको एउटा चरण समाप्त भइसकेको छ । किनभने उसले आफ्नो मान्छेको शव देखिसकेको छ । तर कैयौँ परिवारका लागि पीडा अझै समाप्त भएको छैन । मृत्युको निश्चित खबर पनि छैन जीवनको आश्वासन पनि छैन । सम्पर्कविहीन भएका आफ्ना मानिसहरू कहाँ छन् भन्ने प्रश्नले तिनको प्रत्येक क्षणलाई असह्य बनाइरहेको छ ।
Read full story at source (baahrakhari.com)