मालवस्तु कन्टेनर कोरला नाकातर्फ डाईभर्ट हुँदै
nagariknews.nagariknetwork.com · Mon Aug 31 02:56:18 GMT 2026

रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरला नाकातर्फ डाईभर्ट हुन थालेका छन्। नेपाल–चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरलाना मार्फत मालवस्तु र कन्टेनरहरू आउन थालेका हुन्।
मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)