वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षका डिक बहादुर खत्री प्यानलसहित विजयी
kendrabindu.com · Mon Jun 08 03:54:36 GMT 2026

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षका उम्मेदवार डिक बहादुर खत्री (कुमार) प्यानलसहित विजयी भएका छन । अध्यक्ष पदमा विजयी खत्रीले ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १ सय ९२ र पाण्डेले १ सय ७० मत पाएका छन् ।
नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहले निर्वाचनमा प्यानल खडा गरेका थिए ।
Read full story at source (kendrabindu.com)