नेपाल–भारत सीमा विवादबारे परराष्ट्रमन्त्री : बाहिर चर्चा गरिएजति ठुलो समस्या छैन
ratopati.com · Thu Aug 27 14:43:55 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँगको सीमा विवादलाई सामान्यीकरण गर्दै छिमेकी देशहरूबिच मात्र यस्तो समस्या हुने बताएका छन्। बिहीबार एनडिटिभी वर्ल्डको भारत–नेपाल संवादमा बोल्दै मन्त्री खनालले सीमा विवादलाई बाहिर चर्चा गरिएजति ठुलो नभएको जिकिर गरेका हुन्।
दुई देशबिचको खुला सीमाना विश्वमै अद्वितीय रहेको उल्लेख गर्दै उनले मानिसहरू कुनै कागजातविना नै सहजै आवतजावत गर्न सक्ने बताए। ‘छिमेकीबिच मात्र सीमा समस्या हुन्छ, यदि तपाईं छिमेकी होइन भने यस्तो समस्या नै हुँदैन,’ उनले भने।
Read full story at source (ratopati.com)