राष्ट्रिय विपत्तिमा दलहरू एकठाउँ, कसरी गर्छन् सहयोग ?
ratopati.com · Thu Aug 27 14:45:00 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनपछिको विध्वंसबाट ठुलो क्षति भएको एक वर्ष पूरा नहुँदै देशले फेरि अर्को विनाशकारी विपत्ति आइलागेको छ । गत वर्ष भदौ २३ र २४ गते भएको विध्वंसकारी घटनाबाट देशलाई करिब ८४ अर्ब ४५ करोड बराबर क्षति भएको थियो ।
उक्त त्रासदीपूर्ण घटना बिस्तारै समान्यकरण हुने क्रममा थियो, तर बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङका तटीय क्षेत्रमा ठुलो क्षति पुग्यो । बाढीका कारण कैयौँ नागरिकको मृत्यु भएको छ भने करिब २ खर्ब बराबर भौतिक क्षति भएको छ ।
Read full story at source (ratopati.com)