सुवा बाढीपछि ऊर्जा मन्त्रालयले थाल्यो रियल टाइम अनुगमन
lokaantar.com

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार, राहत तथा पुनर्निर्माणको अवस्था तत्काल जानकारी लिन रियल टाइम अपडेट सिस्टम निर्माण थालेको छ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा यस्तो प्रणाली बनाउन निर्देशन दिएका हुन्। प्रणालीमार्फत प्रभावित १६ जलविद्युत् आयोजनामा सुरुङभित्र र बाहिर रहेका श्रमिकको अवस्था, उद्धार प्रगति, आवश्यक सामग्रीको परिचालन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञको सहभागिताबारे नियमित अपडेट लिइनेछ।
Read full story at source (lokaantar.com)