मृत माछामासु सेवन नगर्न अपिल
lokaantar.com

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले नदीले बगाएर ल्याएका माछा र मासुजन्य पदार्थ सेवन नगर्न नगरवासीलाई अपिल गरेको छ ।
गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक झलकराज पौडेलले बाढीका कारण मृत भेटिएका माछा तथा पशुपन्छीको उपभोग नगर्न सार्वजनिक अपिल गरिएको बताए । “बाढीका कारण नदी तथा खोलाहरूमा माछा, पशुपन्छी तथा अन्य जनावरहरू बगाएर ल्याई नदी किनार तथा विभिन्न स्थानमा मृत अवस्थामा थुप्रिएका छन्”, उनले भने, “बाढीका कारण मृत पशुपन्छी तथा माछा र बाढीबाट दूषित पानी वा वातावरणको सम्पर्क तथा त्यस्ता वस्तुको उपभोगबाट विभिन्न रोग तथा सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दछौँ ।”
Read full story at source (lokaantar.com)