भोटेकोशी बाढीले क्षति : जलविद्युत् आयोजना पुनर्निर्माणमा ५० खर्ब लाग्ने अनुमान
annapurnapost.com · Mon Aug 31 03:11:34 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण १३ जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्। ती क्षति भएका संरचनाहरूलाई पुनर्निर्माण गर्न करिब ५० खर्ब लाग्ने अनुमान गरिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले पावरहाउसको सतहमा रहेका पुराना आयोजनामा पूर्ण रूपमा क्षति पुगेको बताए। ‘तर, नयाँ आयोजना जसको पावरहाउस र डिसेन्डर अन्डरग्राउन्ड भएकोमा कम क्षति भएको छ,’ उनले भने, ‘समग्रमा हेर्दा आयोजनाको कुल लागतको ३० प्रतिशतसम्म क्षति पुगेको हुन सक्ने अनुमान छ।’
यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले यति नै क्षति भएको छ भनेर भन्न नसकिने उपाध्यक्ष लामाले बताए। उनका अनुसार क्षतिग्रस्त हाइड्रोपावरले सेयर बजारमा केही समय कमी आउन सक्नेछ। ‘सेयर बजार व्यवस्थापन गर्न मन्त्रिपरिषद्ले रिभाइबल गर्न अर्थ मन्त्रालयलाई निर्देशन नै दिइसकेको छ,’ उनले भने।
Read full story at source (annapurnapost.com)