छ जना सम्पर्कमा, पाँच जनाको उद्धार
gorkhapatraonline.com · Mon Aug 31 03:34:10 GMT 2026

भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि बागमती प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणका कामलाई तीव्रता दिने भएको छ ।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणसम्मका विषयमा छलफल गर्न प्रदेशका राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठक थियो । मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा बसेको बैठकले विपत्पछिको अवस्थालाई सम्बोधन गर्न सरकार, राजनीतिक दल र सम्बन्धित निकायबिच समन्वय गरी तत्कालीन तथा दीर्घकालीन योजना अघि बढाउने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
Read full story at source (gorkhapatraonline.com)