गुल्मीमा सवारी दुर्घटनाका एक घाइतेको मृत्यु
gorkhapatraonline.com · Mon Aug 31 03:58:08 GMT 2026

गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक इस्मा गाउँपालिका वडा नम्बर–६, अम्मरपुर बस्ने कमल बस्नेतका ३२ वर्षीय छोरा धनीश्वर बस्नेत र मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिकाको वडा नम्बर–२ बस्ने २३ वर्षीय कमल पछाई घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)