अर्बौं लगानीका पूर्वाधार सुनसान
gorkhapatraonline.com · Mon Aug 31 03:59:22 GMT 2026

रुपन्देहीमा सरकारले ठुलो रकम खर्च गरेर निर्माण गरेका अन्तर्राष्ट्रियस्तरका पूर्वाधार अपेक्षा अनुसार सञ्चालनमा आउन सकेका छैनन् । यसले गर्दा सरकारी लगानीलाई आधार मानेर गरिएको निजी क्षेत्रको लगानी सङ्कटमा पर्न थालेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र र भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) जस्ता संरचना निर्माण हुँदा त्यसबाट पर्यटन, उद्योग, रोजगारी र लगानी विस्तार हुने अपेक्षा गरिएको थियो तर अधिकांश संरचना पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा सरकारले गरेको लगानीको प्रतिफलसँगै निजी क्षेत्रको लगानी पनि सङ्कटमा परेको छ ।
Read full story at source (gorkhapatraonline.com)