इन्फान्टिनोविरुद्ध इङ्लिस एफएको विद्रोह
annapurnapost.com · Tue Aug 04 04:20:11 GMT 2026
एजेन्सी/लन्डन : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। इन्फान्टिनोको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै इङ्लिस फुटबल एसोसिएसन (एफए) ले आगामी फिफा अध्यक्षीय निर्वाचनमा उनको अभियानलाई समर्थन नगर्ने घोषणा गरेको छ। यससँगै इन्फान्टिनोलाई नेतृत्वबाट विस्थापित गर्ने अभियानमा युरोपेली फुटबल जोडतोडले लागेको छ।
इङ्लिस एफएको यो निर्णय वेल्स फुटबल एसोसिएसनले इन्फान्टिनोलाई निर्वाचनमा समर्थन नगर्ने घोषणा गरेपछि आएको हो। बेलायती फुटबलका दुई प्रमुख संघको यस्तो कदमले फिफाको आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र राजनीतिक बनाउने देखिएको छ। इन्फान्टिनोले सन् २०२७ देखि २०३१ सम्मको कार्यकालका लागि पुन : अध्यक्ष बन्ने इच्छा यसअघि नै सार्वजनिक गरिसकेका छन्।
Read full story at source (annapurnapost.com)