सेतो हिमालभित्रको अँध्यारो पक्ष : भूराजनीतिक तनावको बेवास्तामा जलवायु परिवर्तन
nepalviews.com · Mon Aug 31 04:00:57 GMT 2026

हिमाल टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ, नजिक पुगेर भोग्दा उत्तिकै खतरनाक हुन्छ । हिमालसँग जिस्किनु मृत्यु निम्त्याउनु जस्तै हो । हिमालयमा परिरहेको जलवायु परिवर्तन प्रभाव बेवास्ता गर्नु प्राकृतिक प्रकोप र मानवीय विपत्तिलाई आमन्त्रण गर्नु हो ।
हिमालको प्रशंसा गर्न सुन्दर, शान्त, दृढ, अविचल, कञ्चन, श्वेत, शुभ्र, धवल, स्निग्ध, पवित्रजस्ता अनेक उपमा, बिम्ब र प्रतिक प्रयोग हुन्छन् । तर, सेतो हिमालभित्र कालो–अध्याँरो पक्ष पनि छ ।भदौ १० गतेको रसुवा बाढीले पुर्याएको अकल्पनीय क्षतिले हिमालयका गर्भमा कति ठूला मानवीय विपत्तिका स्रोत संग्रहित हुँदै छन् भन्ने फेरि एकपटक उजागर भएको छ । हिजो हिमताल विस्फोटको सम्भावनाबारे धेरै कुरा हुन्थे, अब हिम चट्टानको पहिरो अझ विकराल समस्या बन्न सक्ने पुष्टि भएको छ ।
Read full story at source (nepalviews.com)