सडक सञ्जालमा जोडिँदै नार्पाभूमि, मर्स्याङ्दीमा बन्यो मोटरेवल पुल
ratopati.com · Tue Aug 04 04:30:56 GMT 2026

पोखरा । गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ पालिका थिए । गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि । गाउँपालिकाको केन्द्रसम्म अझै सडक पुगिसकेको छैन । तर, चुमनुब्री पालिकामा भने सडक पुगिसकेको छ । नार्पाभूमिमा पनि सडक लैजान पालिकाले भरमग्दुर प्रयास गरिरहेको छ । गण्डकी सरकार गठन भएकै दिन यी दुई पालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्य राखिएको थियो ।
पर्याप्त बजेट नदिँदा प्रदेश सरकारको प्रयास सफल भएको छैन । तर, पालिकाले आफ्नो मेहनत छोडेन । अहिले नार्पाभूमि जाने बाटोमा पर्ने मर्स्याङ्दी नदीमाथि पुल निर्माण गरिएको छ । सदरमुकाम नजिकै रहेको कोतोमा पुलन बनेपछि अब नार्पाभूमिको सीमाना नजिकसम्म मोटरबाटो पुगेको छ । गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले सोमबार पुलको उद्घाटन गरे ।
Read full story at source (ratopati.com)