‘६३ लाख पर्यटक भित्र्याए नेपालको अर्थतन्त्र बदलिन्छ’: सुमन पाण्डे, पर्यटन व्यवसायी
kalakarmi.com · Tue Aug 04 04:27:24 GMT 2026

काठमाडौं- पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन् । उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
उनले नेपालमा अथाह पर्यटन सम्भावना हुँदाहुँदै पनि त्यसअनुसार यो क्षेत्र विकास हुन नसकेको बताए । नेपालसँग भौगोलिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विविधताको अनुपम सम्पदा भए पनि राजनीतिक अस्थिरता, कमजोर शासकीय प्रणाली, पूर्वाधार अभाव र दीर्घकालीन दृष्टिकोणको कमीका कारण पर्यटनले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ । पाण्डेका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार विदेशी पर्यटक भित्रिएका थिए । यो संख्या नेपालको सम्भावनाको तुलनामा अत्यन्त न्यून रहेको उनको दावी छ । उनले नेपालसँग मिल्दोजुल्दो भूपरिवेष्ठित मुलुक लाओसमा वार्षिक करिब ४५ लाख पर्यटक पुग्ने उदाहरण दिँदै नेपालले पनि त्यति नै संख्यामा पर्यटक आकर्षित गर्न सक्ने क्षमता राख्ने बताए ।
Read full story at source (kalakarmi.com)