सिद्धार्थ बैंकको खुद नाफा साढे ३ अर्बभन्दा बढी, कुन सूचक कस्ता छन् ?
corporatenepal.com · Tue Aug 04 04:37:57 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, ब्याज आम्दानी र व्यवसाय विस्तारमा सकारात्मक प्रगति हासिल गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपियाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ३६ करोड ६५ लाख रुपियाँको तुलनामा ४.५४ प्रतिशतले बढी हो।
बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ८ अर्ब ४३ करोड रुपियाँ रहेको यस्तो आम्दानी यस वर्ष ९ अर्ब ५ करोड ११ लाख रुपियाँ पुगेको छ। यस्तै, शुल्क तथा कमिसनबाट प्राप्त आम्दानी १ अर्ब ५८ करोड रुपियाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ। सञ्चालन नाफा पनि ४ अर्ब ९७ करोड रुपियाँबाट वृद्धि भएर ५ अर्ब १६ करोड २७ लाख रुपियाँ कायम भएको बैंकले जनाएको छ।
Read full story at source (corporatenepal.com)