ट्रम्पले भने– इरानसँग सम्झौताको अन्तिम मौका
kendrabindu.com · Tue Aug 04 04:47:31 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच वार्ता हुने तयारी भइरहेका बेला खाडी क्षेत्रमा तनाव थप बढेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले मंगलबार बिहान कुवेतस्थित अमेरिकी सैन्य अखडालाई लक्ष्य गर्दै कम्तीमा तीनवटा ड्रोन आक्रमण गरेको दाबी गरिएको द जेरुसेलम पोस्टले जनाएको छ ।
यस घटनामा कुनै क्षति वा मानवीय हताहत भएको आधिकारिक पुष्टि भएको छैन ।यसैबीच, बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्सले ओमानको तटनजिक एउटा मालवाहक जहाज अज्ञात प्रक्षेप्यास्त्रको आक्रमणमा परेको जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको छ । उक्त समुद्री मार्ग प्रयोग गर्ने सबै जहाजलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Read full story at source (kendrabindu.com)