सरकारको कामबारे विष्णु रिजालको आक्रोश, भने : अति गरे खति हुन्छ
himalpress.com · Tue Aug 04 04:53:49 GMT 2026

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सरकारको प्राथमिकता एकातिर हुनुपर्ने पर्नेमा ध्यान अर्कैतिर गएको बताएका छन्।
रिजालले राज्यसँग बल छ भन्दै जथाभावी प्रयोग गर्दा त्यसले राज्य आतंक सृजना गरेको उनले बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै रिजालले बल प्रयोग गर्ने आधिकारिक निकाय सरकार भए पनि त्यसलाई दुरुपयोग गर्दा आतंकको स्थिती सृजना भएको उनले उल्लेख गरेका छन्। ‘फरक पार्टीका नेताहरुमाथि धरपकड, व्यावसायीमाथि आतंक, मिडियालाई आर्थिक नाकाबन्दी लगाउँदा नपुगेर भौतिक त्रास, हुँदाहुँदा आफ्नै पार्टीका नेतामाथि निगरानीका समाचार सार्वजनिक भएका छन्’ रिजालले लेखेका छन् ‘मुलुक कता जाँदैछ? कता लैजान खोजिदैछ ? हामीकहाँ भनाइ नै छ नि अति गरे खति हुन्छ।’
Read full story at source (himalpress.com)