झमेलाको डरले सीमा क्षेत्रको जमिन धितो राख्नै मान्दैनन् बैंक
kendrabindu.com · Tue Aug 04 05:04:54 GMT 2026

कञ्चनपुर । पुनर्वास नगरपालिका–९ बिचफाँटाका वीरबहादुर साउँदले ६ महिनाअघि कृषि विकास बैंक बेलौरी शाखाबाट ऋण लिन खोजे । डेढ बिघा जमिन धितो राखेर ऋण लिन खोजेका उनले धेरै दौडधुप गरे । कुटानी पिसानीको मिल सञ्चालन गरिरहेका उनले व्यापार व्यवसाय बढाउनकै लागि ऋण लिन खोजेका थिए । बैंकका प्रबन्धकले उनको धितो र व्यवसायको निरीक्षण पनि गरे । बैंक प्रबन्धकले ऋण दिने प्रतिबद्धता पनि जनाए ।
तर धितो मूल्यांकनका लागि मूल्यांकनकर्ता नै आइदिएनन् । धितोको मूल्यांकन नै नगर्ने भन्दै मूल्यांकनकर्ता नआएको उनले बताए । ‘बोर्डर क्षेत्रमा धितो मूल्यांकन गर्नै सक्दैन भनेर आउनै मानेनन्,’ साउँदले भने, ‘बैंकले ऋण नदिएपछि व्यापार व्यवसाय बढाउने योजना नै अलपत्र भयो ।’ उनले गल्ला खरिद बिक्रीको काम थप्नका लागि ऋण लिन खोजेका हुन् ।
Read full story at source (kendrabindu.com)