स्कुल बस अनियन्त्रित हुँदा चालकसहित ६ जना घाइते
himalpress.com · Tue Aug 04 05:02:36 GMT 2026

काठमाडौँ- महोत्तरीको गौशाला नगरपालिका ९ डुमरवाना स्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका-५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेल सहित बसमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूको उपचारका लागि बिके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
Read full story at source (himalpress.com)